चिल्ड्रेन हेवनमा एसईई उत्तीर्णलाई सम्मान तथा बिदाइ – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

चिल्ड्रेन हेवनमा एसईई उत्तीर्णलाई सम्मान तथा बिदाइ

    मा प्रकाशित

साउन १९, दाङ ।

दाङकाे तुलसीपुर १७ मानपुरसेथित चिल्ड्रेन हेवन बाेर्डिङ स्कुलमा २०७८ सालमा एसईई पास भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच सम्मान तथा बिदाई गरिएकाे छ ।

हिजाे बुधबार विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी २०७८ सालकाे एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलनई सम्मान तथा बिदाई गरेकाे हाे ।

विद्यालयका प्रिन्सिपल गिरिराज डाँगीकाे अध्यक्षता तथा वार्ड नं १७ का वडा अध्यक्ष थलराज पुरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी गिरी,राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख यमकान्त उपाध्याय,अभिभावक जाेग बहादुर वि क, विद्यालय सञ्चालक समितिका अध्यक्ष लाल बहादुर गिरी भाईस प्रिन्सिपल प्रेमलाल चाैधरी, विद्यार्थी अभिजन चाैधरी , देवराज वुढाथाेकी लगायतले मन्तव्य राखेका थिए । रवि चाैधरीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षक लाेकेन्द्र परियारले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्