सिट बाँडफाँटका लागि गठिन सत्ता गठबन्धनको कार्यदलको बैठक – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिट बाँडफाँटका लागि गठिन सत्ता गठबन्धनको कार्यदलको बैठक

    मा प्रकाशित

भदौ १, काठमाडौँ ।
सत्ता गठबन्धनको सिट बाँडफाँटकार्यदलको बैठक बसिरहेको छ । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन गठिन कार्यदलको बैठक साँझ ५ बजेबाट सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि २०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ । तर, सङ्ख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन ।

आजको बैठकमा ठोस छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बैठकपछि गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने बताइएको छ । साथै आजको बैठकमा माओवादी केन्द्रले प्रतिनिधि सभामा ६० वटा सिट दावी गर्ने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्