नागरिकता विधेयक ठूलो राजनीतिक विषय बन्दै : प्रचण्ड – Kanika Khabar
Friday, April 26Nepali News Portal

नागरिकता विधेयक ठूलो राजनीतिक विषय बन्दै : प्रचण्ड

    मा प्रकाशित

भदौ २४, कास्की ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाउनुभएको छ ।
आज पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले केही दिनअघि राष्ट्रपति भण्डारीसँग छलफल गर्ने क्रममा नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताउनुभयो ।

अब दोस्रो पटक संसद्बाट प्रमाणिकरणका लागि राष्ट्रपतिसँग जाँदा प्रमाणिाकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनी समेत प्रचण्डले दिनुभयो । दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधान अनुसार प्रमाणित गर्नुपर्ने प्रचण्डको भनाइ रहेको थियो ।

राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणिकरण गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ रहेको थियो । राष्ट्रपतिबाट प्रमाणिकरण नभए अदालतमा जाने वा राजीनामा आउने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्