युवा,समाज र हामी आफैलाई उत्कृष्टता प्रदान गर्न अप्टिमिस्ट – Kanika Khabar
Friday, April 26Nepali News Portal

युवा,समाज र हामी आफैलाई उत्कृष्टता प्रदान गर्न अप्टिमिस्ट

    मा प्रकाशित

मान बहादुर बस्नेत

हरेक मानिसको जीवन र जगत लाइ हेर्ने, बुझ्ने र सोही अनुरुपको धारण र जीवन व्यवहार निर्धारण गर्ने दर्शन रहेको हुन्छ। मानिसलाई सत्य कुरा बुझ्न, सही दृष्टिकोण वा धारण निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरु लागु गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न र समाजको वास्तविकता बोध गर्न दर्शनको महत्वपुर्ण भुमिका रहेको हुन्छ। हो यस्तै सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जिवन दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित संस्था हो Optimist International.

मानिसले वर्तमान समयमा अत्यन्त व्यक्तिवादी, व्यस्त र तनावपूर्ण जीवन बाँचिरहेको छ जसले गर्दा एउटा खुशीयालीपूर्वक बाँच्न सकिरहेको छैन। यस्तो तनावपूर्ण जीवनमा सकारात्मक र आशावादी जीवन दर्शनको अवलम्वन गर्न सके मानिसको जीवन स्वस्थ, आनन्दमय र उर्जाशील हुन्छ। त्यसैले मानव जीवनमा सकारात्मक सोच र आशावादी जीवन दर्शनको अत्यन्त महत्व रहेको छ जसले गर्दा आफ्नो उद्देश्य र गन्तब्यमा पुग्न प्रेरित गर्दछ।आशावादी जीवन दर्शन नै उन्नति र समृद्धिको आधार पनि भएकोले सम्पूर्ण नया पुस्तालाई सकारात्मक सोचको अभिबृद्धि गर्दै एक सक्रिय , सिर्जनशील, उर्जाशील नागरिकको रुपमा परिणत गरी मुलुक र समाजको भविष्य उज्ज्वल बनाउनु आजको आवश्यकता हो।

खासगरी बालबालिका तथा किशोर किशोरीहरुमा सकारात्मक भावना तथा आशावादी जीवन दर्शनको प्रवर्दन गर्ने पुनित उद्देश्यले स्थापित एक अन्तरराष्ट्रिय सस्था Optimist International.समाज रुपान्तरणमा थुप्रै उल्लेखनीय कार्य गर्दै आइरहेको छ। यसले बालबालिका र विभिन्न समुदायमा आधारित सकारात्मक दृष्टिकोणद्वारा निर्देशित क्रियाकलाप गर्दै आइरहेको छ। बालबालिकाको सर्बाङ्गिन बिकास गर्न Oratorical Competition, Scholarship Contest,Essay Competition, Sports Leagues जस्ता कार्यक्रमका साथसाथै बालबालिकाको स्वास्थ सङ सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। त्यसैगरी मानसिक र शारीरिक अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरुप्रति लक्षित क्रियाकलाप समेत गर्दै आइरहेको छ। समाजमा मानिसहरुलाई आशा, भरोसा र सकारात्मक सोचको अभिबृदि गर्दै ब्यक्ति, समाज र राष्ट्रलाई नै उत्कृष्टता प्रदान गर्नु अप्टिमिष्टको मुख्य ध्येय रहेको छ। बिभिन्न सामाजिक क्रियाकलाप र शिक्षामुलक कार्यक्रम गर्दै आइरहेको अप्टिमिष्टले Wellbeing Initiatives अन्तर्गत Positive Education, Constructive Journalism जस्ता बिबिध बिषयमा वकालत गर्दै आइरहेको छ। यसका साथ साथै Childhood Health and Wellness, Respect of Law, Promotion of Non-Violence, Youth Safety, Youth Appreciation जस्ता सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ।

भौतिकवादले गाजेको हाम्रो समाजमा सकारात्मक सोच, माया, दया, करुणा, सदभाव र सेवा भावलार्इ आत्मसात् गर्दै सकारात्मक दृष्टिकोणद्वारा निर्दिशित आशावादी जीवन दर्शनको प्रबर्दन गर्दै बालबालिका, किशोर किशोरी तथा युवापीढिको चौतर्फी बिकासका निम्ति क्रियाकलाप सन्चालन गर्दै सम्पूर्ण मानिसहरुमा सकारात्मक जीवनशैली अपनाउन अभिप्रेरित गर्दै सकारत्मक सोचका साथ आफूलाई परिवर्तन गर्दै जीवनमा रुपान्तरणको आबश्यकता पर्दछ।

(लेखक अप्टिमिस्ट क्लब अफ तुलसीपुरका अध्यक्ष हुन्)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्