तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
५ असोज दाङ ।
दाङको तुलसिपुरमा तुलसिपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियाेगिता २०७९ हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा अरनिको मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता यहि असोज १० गते देखि सुरु हुनेछ ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा तुलसिपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले जानकारी दिनु भएको छ ।
चार दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताउनुभयो । यसैबीच प्रतियोगिता लाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तयारी लाई तिब्र पारेको आयोजकले असोज ९ गते दिउँसो २ बजे सम्म टिम दर्ताको समय राखेको छ भने ३ बजे टाईसिट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्