मङ्सिरमा हुने चुनाबको लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति – Kanika Khabar
Thursday, June 19Nepali News Portal

मङ्सिरमा हुने चुनाबको लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर ४ को चुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

एकीकृत सुरक्षा कार्य योजना २०७९ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्ति अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्