उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न निर्वाचन आयोगलाई सूचना आयोगको आग्रह – Kanika Khabar
Friday, April 26Nepali News Portal

उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न निर्वाचन आयोगलाई सूचना आयोगको आग्रह

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
राष्ट्रिय सूचना आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

सूचना आयोगले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा सम्लग्न कागजातहरू सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्न आग्रह गरेको सूचना आयुक्त कमला वलीले जानकारी दिनुभयो ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा मनोनयन पत्रका साथै निर्वाचन सकिएपछि उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण पनि सार्वजनिक गर्न अनुरोध गरेको उहाँले बताउनुभयो । उम्मेदवारले बुझाएको विवरण सबै सर्वसाधारणले पनि थाहा पाउनुपर्ने र कुन उम्मेदवारले कति सम्पत्ति विवरण बुझाए, उनीहरूले चुनावमा कति खर्च गरेछन्, सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउनका लागि सो सुझाव दिइएको उहाँको भनाइ छ । यस्तै राष्ट्रिय सूचना आयोगले यही भदौ १३ गते सूचनाको सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका दिन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग मिलेर काठमाडौंमा कार्यक्रम गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्