नेपाल र बङ्गलादेशको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज हुँदै – Kanika Khabar
Thursday, June 19Nepali News Portal

नेपाल र बङ्गलादेशको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज हुँदै

    मा प्रकाशित

नेपाल र बङ्गलादेशको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज हुँदै छ । खेल बेलुका साढे ५ बजेपछि दशरथ रङ्गशालामा सुरु हुँदै छ ।नेपाल र बङ्गलादेशबिच अहिलेसम्म २६ पटक खेल भएकोमा बङ्गलादेशले १४ खेल जितेको छ भने नेपाल ७ खेलमा विजयी भएको छ ।

 

५ खेल बराबरीमा सकिएको छ । नेपाल बगलादेशसँगका पछिल्ला चार खेलमा भने अपराजित रहेको छ । नेपाल र बङ्गलादेशले पछिल्लो पटक गत वर्ष साफ च्याम्पियनसिपमा खेलेका थिए ।

 

जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि दशरथ रङ्गशालामा भएको थ्री नेसन्स कपमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । थ्री नेसन्स कपकै लिग चरणमा भने नेपाल गोलरहित बराबरी खेलेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्