मा प्रकाशित
असोज १३, दाङ ।
माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । सिंगल राउन्ड रोबिनमा सञ्चालित प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलङ्का विजेता बनेपछि नेपाल दोस्रो भएको हो ।
सन् २०१६ को पहिलो संस्करणमा पनि श्रीलङ्का विजेता बन्दा नेपाल दोस्रो भएको थियो । नेपालले प्रतियोगितामा ३ खेल खेल्दा २ जित र एकमा हार बेहोरेको छ ।