शान्ति सुरक्षा तथा गुणस्तरीय खाद्यान्नमा महिला जेसिजको चासो – Kanika Khabar
Friday, April 26Nepali News Portal

शान्ति सुरक्षा तथा गुणस्तरीय खाद्यान्नमा महिला जेसिजको चासो

    मा प्रकाशित

दाङ,१५ असोज ।

चाडपर्वको समयमा शान्ति सुरक्षा तथा गुणस्तरीय खाद्यान्न उपभोगका लागि नागरिक सचेत हुनुपर्नेमा सरोकारवाला निकायले बताएका छन् ।

दाङ महिला जेसीजले आयोजना गरेको चाडपर्वका समयमा शान्ति सुरक्षा तथा गुणस्तरीय खाद्यान्न उपभोग विषयक अन्तरक्रिया तथा शुभ बिजया दशमी २०७९ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले त्यसका लागि स्थानीय सरकार, प्रशासनले बजार अनुगमनसंगै शान्ति सुरक्षाको विषयलाई ध्यानदिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले खाद्यमा हुने मिसावटसंगै अपराधिक क्रियाकलाप रोक्न ध्यान दिनुपर्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बजार अनुगमनको काम गरेर गल्ती गर्नेलाई कार्वाहीका लागि प्रशासनलाई सिफारिस गर्न आग्रह गरेका छन् । बजार अनुगमनको जिम्मा स्थानीय तहको भएको भन्दै उनले स्थानीय तहले बजार अनुगमन गरेर दोषी भेटाएर प्रशासन कारवाही गर्न तयार रहेको बताए । साथै उनले सुरक्षित उपभोग्य बस्तुसँगै शान्ति सुरक्षाका लागि नागरिकहरु आफै सचेत बन्नुपर्नेमा जोड दिए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले स्वस्थ रहनका लागि उपभोग्यबस्तु खरिदमा नागरिक सचेत हुनुपर्ने बताइन । नागरिकको लापरवाहीले अखाद्यबस्तुको विक्रि वितरण हुने गरेको भन्दै खरिद गर्दा उत्पादन भएको मिति हेर्ने र गल्ती गर्नेलाई कारवार्हीका लागि प्रहरी प्रशासनलाई खवर गर्न आग्रह गरिन । स्थानीय तहको तर्फबाट बजार अनुगमनसँगै गल्ती गर्नेलाई सचेत बनाउने काम स्थानीय सरकारले गरिरहेको बताइन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले शान्ति सुरक्षाको सवालमा नागरिक सचेत बन्नुपर्ने बताएका छन् । बर्दिधारी पुलिसभन्दा बर्दिबिनाका सिभिल प्रहरीका रुपमा नागरिकलाई समाजमा हुने धेरै सूचनाको जानकारी हुने भएकाले त्यस्ता सूचना नागरिकलाई दिनुपर्ने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले बजार अनुगमनमा समस्या रहेको बताए । अनुगमनका लागि खाद्य वा अखाद्य बस्तु छुट्टाउनका यन्त्र,नापतौलका सामग्री ठिक भएनभएको चेक गर्ने उपकरणलगायतका आवश्यक सामाग्री नहुदा अनुगमनमा समस्या भएको बताए ।

त्यसैगरी उनले उपभोग्य बस्तुहरुमा ठगिनबाट बच्नका लागि उपभोक्ताहरु स्वयम् सचेत हुनुपर्ने बताए । नाम तौल खरिद गरेको ३५ दिनभित्र चेकजाँच गर्नुपर्ने भएपनि चेकजाँच गर्ने निकाय जिल्लामा नहुदा समस्या भएको बताए ।

कार्यक्रममा त्रिभुवननगर जेसीज दाङका अध्यक्ष विवेक आचार्य, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिना बिसी, महिला मानवअधिकार रक्षकहरुको सन्जाल दाङका निर्वतमान अध्यक्ष सुष्मा गिरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आर के शीतल, रोट्याक्ट क्लब अफ दाङका अध्यक्ष मनिष सेढाई, बिष्णु थापा, दाङ महिला जेसीजका कानुनी सल्लाह अनिता ढकाल, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिन्दु गिरी, दाङ महिला जेसीजका निबर्तमान महासचिव सुनिता थापा, जेसी नमा शर्मा, जेसी लक्ष्मी घमाल, जेसी बसन्ती सुबेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्