इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १ सय २७ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १ सय २७ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
इन्डोनेसियामा फुटबल खेल हेर्न गएका दर्शकहरुमा भागदौड हुँदा १२७ जनाको मृत्यु भएको छ । फुटबल खेलको क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको मृत्यु भएको हो ।

पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिँदा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना भन्दा धेरै घाइते भएका प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयर्टसले जनाएको छ ।

खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेको खबरमा उल्लेख छ । इन्डोनेसियाका खेलकुद मन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्