प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकियो

    मा प्रकाशित

असोज १६, दाङ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता सङ्ख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।

जसअननुसार मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र सङ्ख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०÷२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।

यस्तै १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् ।

सबभन्दा धेरै ३३ लाख रुपैयाँसम्म भने २६ निर्वाचन क्षेत्रका उम्मेदवारहरूले चुनावी खर्च गर्न पाउने भएका छन् ।समानुपातिकको हकमा दलहरूले पेश गरेको बन्दसूचीमा सूचिकृत सङ्ख्याअनुसार प्रति उमम्मेदवार २ लाख खर्च गर्न पाइनेछ ।
प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्