मा प्रकाशित
कनिका खबर
असार १२, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका ७ सय ९२ जना कोरोना सङक्रमितमध्ये १ सय १ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमित २ जनाको ज्यान गएको छ ।