राजविद्यामा स्थानीय पाठ्यक्रम : घरेलु / सामाजिक सीप सिक्दै विद्यार्थी – Kanika Khabar
Monday, September 16Nepali News Portal

राजविद्यामा स्थानीय पाठ्यक्रम : घरेलु / सामाजिक सीप सिक्दै विद्यार्थी

    मा प्रकाशित

May be an image of 10 people, people sitting, people standing and outdoorsकार्तिक ३, दाङ ।

दाङका एक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक सीप सिकेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा न. १८ मा स्थित राजविद्या पाठशालाका विद्यार्थीहरुले हिजो बुधबार स्थानीय पाठ्यक्रम अन्तर्गत रहेको विषयवस्तुलाई प्रयोगात्मक रुपमा सिकेका हुन् ।

May be an image of 6 people, people sitting, people standing and outdoors

कक्षा ६ र ७ का लागि विद्यालयले तयार पारेको ‘घरेलुरसमाजिक सीप र कला’ विषयक पाठमा घरेलु ÷सामाजिक सीप कला केके रहन सक्छन् र त्यस्ता कार्य आयआर्जनको स्रोत पनि बन्न सक्छन् त ? भन्ने विषयमा अध्ययन गरिसकेपछि साल तथा मालुकाबाट पातबाट दुनाटपरी निर्माण गर्न सकिने र आयआर्जन गरिने भन्ने सिकाइलाई प्रयोगात्मक सिकाइ गरेका हुन् । घरेले तथा सामाजिक सीप आयआर्जनका पाटो पनि रहन सक्छन् भन्ने उद्देश्यका साथ प्रयोगात्मक सीप सिकाइएको विद्यालयले जनाएको छ ।

‘हामीले कक्षा कोठामा पढेका कुरालाई व्यवहारमा उतार्न पायौँ, शिक्षकको मद्दतबाट सक्यौँ र एउटा व्यवहारिक सिप सिक्न सक्यौँ । हाम्रा नजिकका वनजंगल तथा सामुदायिक वनमा पाइने सालका पातबाट दुनाटपरी निर्माण गरी घरायसी प्रयोगका साथै व्यावसायिक प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने रहेछ । ’ कक्षा ६ मा अध्ययनरत छात्रा भविष्का केसीले भनिन् ।

May be an image of 5 people, people standing and outdoors

शिक्षकका सहयोगमा विद्यार्थीहरुले दुना टपरी निर्माण गर्ने सीप सिकेका थिए । ‘पहिला दुना लागि र टपरीका लागि पात कसरी गाँस्दै जाने भन्ने विषयमा विद्यार्थीलाई हामीले सिकायौँ, डेमो पनि देखायौँ अनि विद्यार्थीहरुले सजिलरी सिकिहाल्नुभयो ।’ शिक्षिका ममता पुनले बताइन् ।

‘पहिला त गाह्रो हुन्छ होला भन्ने लागेको थियो । घरमा आमा, हजुरआमाले तयार गरेको त देखेको थिएँ तर आफै तयार भने गरेको थिएनँ । दुनाटपरीबाट आयआर्जन हुन्छ भन्ने मात्र पढेनौँ हामीले दुनाटपरी कसरी बनाउने भन्ने पनि सिक्यौँ । यो सीप हो, यसलाई घरायसी तथा व्यावसायिक दुबै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।’ कक्षा ७ की छात्रा सुवास्ना नेपालीले बताइन् ।

May be an image of 2 people, people sitting and outdoors

‘दुनाटपरी महिलाले मात्र निर्माण गर्ने भन्ने रहेनछ । पहिला त मलगायत मेरा केटा साथीहरु अचम्म पर्यौँ केटीले गर्ने काम हामीले कसरी गर्न सकौँला र भनेर । तर, सजिलैसँग सिकियो । काम कसले गर्ने भन्ने रहेनछ । जसल गर्दा पनि हुँदो रहेछ । यो स्थानीय पाठ्यक्रमको विषयवस्तु मात्र हो जस्तो लागेन हामीलाई यो त जीवनोपयोगी सीप पनि रहेछ, आयआर्जनको स्रोत पनि रहेछ ।’ कक्षा ६ का छात्र परीक्षित बुढाथोकीले बताए ।

May be an image of 3 people, child, people standing and outdoors

अझै दाङको घोराही उपमहानगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण भइसकेको छैन । स्थानीय निकायबाट स्थानीय पाठ्यक्रम लागू नभइसकेको अवस्थामा विद्यालयले आफै स्थानीय पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्