दिनानुदिन गठबन्धनप्रति विश्वास बढ्दै आएकाे छ : सभापति श्रेष्ठ – Kanika Khabar
Friday, April 26Nepali News Portal

दिनानुदिन गठबन्धनप्रति विश्वास बढ्दै आएकाे छ : सभापति श्रेष्ठ

    मा प्रकाशित

दाङमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुको दौडधुप ब्यापक बनेको छ । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि दौडधुप गरेका उनिहरुले आफूहरुका एजेण्डा मतदाताहरुलाई सुनाईरहेका छन् । दाङ क्षेत्र नम्बर २ (१) मा पनि गठबन्धन तथा एमालेका बीचामा मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । यसैक्रममा यो क्षेत्रमा गठबन्धनको चुनावी माहोल बारे दाङ कांग्रेस क्षेत्र नम्बर २ (१) का सभापति प्रकाश श्रेष्ठसँग कनिका खबरले कुराकानी गरेको छ ।    

चुनावी अभियान कसरी चलिरहेको छ ? 

हामीहरु अहिले गठबन्धनका उम्मेदवारहरुको सहज जीतका निम्ती चुनावी प्रचारमै सकृय छौँ । पहलिो चरणमा हामीहरुले वडा स्तरिय कार्यक्रमहरु गर्यौँ । दोस्रो चरणमा टोल स्तरिय कार्यक्रम गर्यौँ भने तेस्रो चरणमा ब्यक्तिगत भेटघाट,विभिन्न संघसंस्थाहरुको समन्वयका लागि छलफल कार्यक्रमहरु भैरहेका छन् । अहिले उम्मेदवार तथा हामी गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरु गठबन्धनको सहज जीतका निम्ती मतदाताको घरदेलो सम्म पुगेर उहाँहरुका माग, गुनासा सुनिरहेका छौँ । र र ति माग सम्बोधनका लागि बचन बद्धता पनि गरिरहेका छौँ ।

मतदाताहरु के भन्छन् ?

मूलतः मतदाताहरुको अपेक्षा भनेकै विकास निर्माणको हो । पुल पुलेसा, सडक निर्माण, खानेपानी , स्वास्थ्य, शिक्षा लगाएत नागरिकका मौलिक अधिकारका बिषयहरु प्राप्ती नभएका गुनासाहरु ब्यापक रुपमा आएका छन् । पटक पटक निर्वाचनमा मतदान गर्ने गरेको तर आफूहरुका समस्या यथावत रहेको भन्दै मतदाताहरुमा चरम आक्रोश पनि पाईएको छ । यससंगै स्थिर सरकार निर्माण हुनु पर्छ भन्ने आवाज पनि मतदाताहरुको छ ।

स्थिर सरकार निर्माण हुन सके मात्रै विकास निर्माणले गति लिन्छ भन्ने बुझाई मतदाताहरुमा छ । फलतः मतदाताहरुका यि दुई खाले गुनासाहरुको सम्बोधन लागि अहिलेको गठबन्धन प्रतिवद्ध छ । निर्वाचन पछि गठबन्धनको स्थायी सरकार निर्माण हुने र त्यही सरकारले नै मतदाताहरुका आवश्यक्ता सम्बोधन गर्ने छ ।

कसरी फकाईरहनु भएको छ मतदाताहरुलाई ?

हामीहरुले मतदाताहरुलाई फकाउने भन्दा पनि यथार्थतालाई प्रस्तुत गरिरहेका छौँ । स्थायी सरकार निर्माण भयो भने विकासले गती लिन्छ, आधारभुत आवश्यक्ताहरु पूर्ति हुन्छन् भन्नेमा कुनै शंका रहने कुरा भएन । अव निर्वाचन पछि गठबन्धकै स्थायी सरकार निर्माण हुने भएकाले यहि सरकारले नै जनताका आधारभुत आवश्यक्ताहरु पूर्ति गर्छ यो यथार्थ पनि हो । गठबन्धनका उम्मेदवार तथा राजनीतिक दलहरुले विकास निर्माणको आधार तयार गरेको अवस्था छ ।

जस्तो मलको प्राप्ती नहुँदा किसानहरुले बर्षेनी सास्ती पाउनु परिरहेको छ । मलको सहज आपूर्तिका लागि ६ महिना अघिनै मलको स्टक गरेर राख्न सकिने दृढता ब्यक्त गरिएको छ , यो सम्भव पनि छ । र हामीहरुले चुनावी एजेण्डा मार्फत गरेका प्रतिवद्धताहरु प्रति मतदाताहरु बिश्वस्त बनेको अवस्था छ । गठबन्धनका उम्मेदवारहरुले विकास गर्छन् भन्ने दरिलो आधार मतदाताहरुमा तयार भएको छ ।

तपाई यो क्षेत्रको चुनावी कमाण्डर, चुनावी चुनौती कति छ ? 

मैले अघि पनि भनेँ, मतदाताहरुले गठबन्धन र गठबन्धनका उम्मेदवारहरुलाई रुचाएका छन् । रुचाउनुको कारण र आधार मैले अघि पनि भनिसकेँ, यसर्थ हामीहरुले आगामी निर्वाचनमा कुनै चुनौती महशुस गरेका छैनौँ । र हामीहरुले निर्धक्क भन्छौँ कि हाम्रा उम्मेदवारहरुले सहज रुपमा चुनाव जित्नु हुने छ ।

जित्ने आधारहरु ? 

पहिलो कुरा त राजनीतिक दलसंगै चुनावमा उम्मेदवारको व्यक्तित्वले पनि ठूलो अर्थ राख्छ । यसर्थ हाम्रो गठबन्धनका उम्मेदवाहरुको व्यक्तित्व माथि प्रश्न उठाउने कुनै ठाउँ छैन । प्रतिनिधिसभा सदस्यकी उमेदवार रेखा शर्मा दुई पटक सांसद भैसकेको र एक पटक मन्त्री भैसकेको ब्यक्तित्व हो ।

उहाँको आफ्नो सांसद कार्यकाल र मन्त्री कार्यकालमा उहाँ माथि कुनै प्रकारको लाञ्छना लाग्ने , टिकाटिप्पणी गर्ने ठाउँ रहेन । यसैगरि प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनाल संविधान बनाउने प्रतिवद्धताका साथ संविधानसभा सदस्य बन्नु भयो । र संविधान निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्यमा उहाँ सफल हुनु भयो । उहाँको सांसद कार्यकाल माथि पनि कहिँ कतै आरोप, लाञ्छना लगाउने ठाउँ कतै भएन । किनकी आफ्नो जिम्मेवारी जे हो त्यो भन्दा बाहिर उहाँ जानु भएन । यसर्थ मैले यहाँ के भन्न खोजेको भने हाम्रा उम्मेदवारहरु निश्कलंकीत र अरोप विहिन उम्मेदवारहरु हो ।

र मैले अर्को कुरा के पनि भन्न चाहेँ भने बिपक्षी पक्षका उम्मेदवार र हाम्रो गठबन्धनका उम्मेदवारहरुको व्यक्तित्व आँकलन गर्ने कुनै आधारै छैन । उहाँहरुको ब्यक्तित्व भन्दा हाम्रा गठबन्धनका उम्मेदवारको व्यक्तित्व धेरै उचो छ । यसर्थ मतदाताहरुको रोजाईमा गठबन्धनका उम्मेदवारहरु पर्नेमा कुनै आशंका छैन । यसैगरि विकास निर्माण संग जोडिएका बिषयहरु,नागरिकको देनिक जनजिविकासंग जोडिएका बिषयहरुमा मतदाताहरुको भर बिश्वास गठबन्धन प्रति उच्च देखिएको छ र हामीहरुले जीत्ने अर्को बलियो आधार भनेको यो पनि हो ।

एकापसमा अपनत्वको महशुस बेस्सरी भएको छ । जसरी बिपक्षीहरुले गठबन्धनमा आवद्ध कार्यकर्ताहरुलाई बिभक्त गर्न खोजिरहेका छन्, त्यो उनीहरुको सपना मात्रै हो । किनकी देशलाई बर्बादी तिर धकेल्न खोज्ने, नेपालको मुल कानुन च्यात्न खोज्ने र देशलाई गतिहिनताको अवस्थामा पुर्याउने गलत प्रबृत्तिका बिरुद्धमा आम नागरिक एक भएर उभिनु हुनेछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्