दाङमा मंसिर १ देखि ५ गतेसम्म बिद्यालयमा बिदा रहने – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा मंसिर १ देखि ५ गतेसम्म बिद्यालयमा बिदा रहने

    मा प्रकाशित

दाङ, ३० कार्तिक ।

दाङमा मंसिर १ गतेदेखि ५ गतेसम्म बिद्यालयमा बिदा  हुने भएकाे छ ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा घाेषणा गरेकाे छ । दाङकाे सन्दर्भमा कतिपय सामुदायिक तथा संस्थागत बिद्यालयमा मतदान केन्द्र रहेकाे र मतदानका सामग्री ढुवानीमा बिद्यालयका यातायात समेत माग भई आएका कारण मंसिर १ देखि ५ गतेसम्म बिद्यालय बन्द रहने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय दाङले आज बुधबार एक सूचना जारी गरि जिल्लामा रहेका बिद्यालय १ गतेदेखि ४ गतेसम्म पठनपाठन बन्द गर्न व्यवस्था मिलाउन सबै स्थानीय तहलाई   अनुराेध गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सुुचनामा मंसिर १ देखि ४ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न व्यवस्था मिलाउन अनुराेध गरिएकाे हाे।

यसैबीच प्याब्सन दाङले पनि एक सुचना जारी गरी प्याब्सनमा आवद्ध विद्यालयहरूलाई मंसिर १ देखि ५ गतेसम्म पठनपाठन बन्द गर्न अनुराेध गरेकाे छ । प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी र सचिव आदिम केसीले एक सुचना जारी गरी साेही बमोजिम विद्यालयकाे पठनपाठन व्यवस्थापन गर्न सम्पूर्ण सदस्य विद्यालयलाई अनुराेध गरेका छन् ।

मंसिर ५ गते सार्वजनिक बिदा भएका कारण अब दाङमा मंसिर ६ गतेबाट मात्र पठनपाठन सुरू रहनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्