दाङमा चक्कु देखाएर अटोमा लुटपाट गर्ने दुई जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा चक्कु देखाएर अटोमा लुटपाट गर्ने दुई जना पक्राउ

    मा प्रकाशित

तुलसीपुर,मंसिर २ ।

दाङमा चक्कु देखाएर अटोमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्ले कुला निवासी २६ वर्षीय गोविन्द केसी र तुलसीपुर ५ बसपार्क निवासी १९ वर्षीय आषिश परियार रहेका छन् ।

बिहीबार राती पौने १० बजेको समयमा शान्तिनगर गाउँपालिका वडा नं. ४ रानीवनको जंगलमा तुलसीपुर देखि जुम्लेकुला तर्फ जाँदै गरेको भे १ ह ५४४३ नं. को अटोलाई नियन्त्रणमा लिई चालकको साथबाट नगद २ हजार ९२० र मोबाईल लिएर भाग्दै गरेको अवस्थामा शान्तिनगर मतदान केन्द्रमा खटिएका प्रहरी निरिक्षक सौजन डाँगीसहित खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लुटिएको सबै सामान फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्