दाङ ३(१) : काङ्ग्रेसका चाैधरी विजयी – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङ ३(१) : काङ्ग्रेसका चाैधरी विजयी

    मा प्रकाशित

दाङ, ८ मंसिर । निर्वाचन क्षेत्र नं ३ (१) मा गठवन्धनका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतले पराजित गर्दै आफु प्रदेशसभामा निर्वाचित भएका हुन् ।

गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकमा एमालेका पाण्डेले १४ हजार ४सय ५० मत ल्याएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् ।भने पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्