प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई, उपविजेता मेचीकाली – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई, उपविजेता मेचीकाली

    मा प्रकाशित

दाङ, १७ मंसिर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न `प्याब्सन घाेराही रनिङ सिल्ड २०७९ ´ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ ।

गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १६ स्वर्ण पदक, १ रजत पदक र ३ कास्य पदक सहित रनिङ सिल्डकाे उपाधि चुमेकाे हाे ।

मेचीकाली आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएकाे छ ।

स्टार आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेकाे छ।

ज्याेतिपुञ्ज आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ ।

जनज्योति विद्याश्रमले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

राप्ती आवासीय माविले १ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ ।

दिपशीखा माविले २ रजत पदक प्राप्त गरेकाे छ ।
ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

आर्वर राइजिङले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

शान्ति निकेतनले २ स्वर्ण र अरनिको माविले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

त्यस्तै लिटल एञ्जल माविले १ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेकाे छ ।

युनिक मिडवेस्टर्नले १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

ज्ञानज्याेति एजुकेसनल एकेडेमीले २ रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ ।

लाली गुराँस माविले १रजत र २ कास्य, नव चेतनाले १ रजत र १ कास्य, अल्फा मावि २ रजत, मनकामना आवासीय माविले १ रजत, रमना पाठशाला १ रजत, डिभाइन एकेडेमी २ रजत, शान्ति सुधा मावि १ कास्य, सनराइज एकेडेमी ४ कास्य र मेरिल्यान्ड माविले १ कास्य पदक प्राप्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्