पल शाह फ्यान क्लबले आयोजनामा ` खुल्ला रक्तदान कार्यक्रम ´ सम्पन्न ( फाेटाे सहित ) – Kanika Khabar
Friday, April 26Nepali News Portal

पल शाह फ्यान क्लबले आयोजनामा ` खुल्ला रक्तदान कार्यक्रम ´ सम्पन्न ( फाेटाे सहित )

    मा प्रकाशित

निराज रानाभाट                                                      काठमाडौं, १८ मंसिर । काठमाडौंको बसन्तपुरमा चर्चित कलाकारहरुको उपस्थितिमा अभिनेता पल शाहको न्यायको लागि गरिएको ` खुल्ला रक्तदान कार्यक्रम ´ शनिबार सम्पन्न भएको छ । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पल शाहको न्यायको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

पल शाह फ्यान क्लबले आयोजना गरेको ` खुल्ला रक्तदान कार्यक्रम ´ मा विभिन्न विधाका चर्चित कलाकारहरुकाे उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा नेपालकाे पहिलो महिला रेस्लर भगवती खड्का , चर्चित निर्माता तथा निर्देशक सन्तोष सेन , चर्चित राजनीतिज्ञ पुण्य गौतम , चर्चित माेडल विजय पुन , चर्चित गायक तथा संगीतकार चक्र बम , चर्चित कलाकार तथा निर्देशक एवम् कोरियोग्राफर काज़िश श्रेष्ठ , निर्देशक शान्न थापा , फाेटाेग्राफर अर्जुन तिवारी , कलाकार तथा निर्देशक / कोरियोग्राफर दिपेन्द्र तिमिल्सिना , निर्देशक / कोरियोग्राफर तथा कलाकार सुरेन्द्र बसेल लगायतको उपस्तिथि रहेको थियो ।

त्यसैगरी , उक्त कार्यक्रममा सामाजिक अभियान्ता जेरी ताम्राकार , हाम्रो टिम नेपालका अध्यक्ष तथा समाजिक अभियान्ता विमल पन्त , सामाजिक अभियान्ता उमेश बोहरा , नेपाली चलचित्र तथा सांगितिक क्षेत्रका लोकप्रिय कलाकारहरुको कपाल डिजाइनर जुरी ठाकुर लगायतको पनि उपस्तिथि रहेको थियो ।

` खुल्ला रक्तदान कार्यक्रम ´ मा ४३ जना व्यक्तिहरुले आफ्नो रगत दान गरेका थिए , जसमध्ये रेस्लर भगवती खड्का , निर्माता तथा निर्देशक सन्तोष सेन , राजनीतिज्ञ पुण्य गौतम , कलाकार तथा निर्देशक / कोरियोग्राफर काज़िश श्रेष्ठ , निर्देशक शान्न थापा , फाेटाेग्राफर अर्जुन तिवारी , सामाजिक अभियान्ता उमेश बोहरा समेत रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा १८ वर्षदेखि ५१ वर्षसम्मको व्यक्तिहरुले रक्तदान गरेका थिए , जसमा ३४ जना पुरुष तथा ९ जना महिलाले रगत दान गरेका थिए ।

कार्यक्रममा मंसिर १७ गते , शनिबार राजधानी काठमाडौंको बसन्तपुरमा बिहान १०:०० बजेदेखि दिउँसो ०२:३० बजेसम्म भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्