सडक मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन दाङको निर्देशन – Kanika Khabar
Friday, April 26Nepali News Portal

सडक मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन दाङको निर्देशन

    मा प्रकाशित

दाङ,१९ मंसिर । सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डखण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिइएको छ । मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गर्दै सडक डिभिजन कार्यालय दाङले यस्तो निर्देशन दिएको हो । दाङ सडकखण्डको धानखोलादेखि शिवखोला सम्मको सडक क्षेत्र दायाँ–बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिनुभएको छ । पुस १५ गते भित्र नहटाएमा आफैँ हटाउने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ ।

साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै बेहोर्नुपर्ने सूचनामा उल्लेख गरीएको छ । राजमार्गको दाङ सडकखण्ड करिब ७७ किलोमिटर रहेको छ । कार्यालयले सोही क्षेत्रका तीन वटा पालिकालाई पनि उक्त सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ । लमही नगरपालिका सहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालले बताउनुभएको छ । पटक–पटक सडक मिचेका भन्ने गुनासो आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्