काभ्रेको खानीखोला र बेचानचोकमा सलह किराले मकै खान थाल्यो – Kanika Khabar
Friday, April 18Nepali News Portal

काभ्रेको खानीखोला र बेचानचोकमा सलह किराले मकै खान थाल्यो

    मा प्रकाशित

कनिका खबर
असार १४, काभ्रे
काभ्रेको खानीखोला गाउँपालिकामा सलह किराले मकै खान थालेका छन् । हिजो भेटिएको किरा सलह भएको पुष्टि भएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । हिजो दिउँसो २ बजेबाट आकासमा फट्याङ्ग्रा जस्तो देखिएको किरा सलह हो वा होईन भनि प्राविधिकले जाँच गरेकोमा सलह नै भएको पुष्टि गरिएको उनले बताए ।
किरा अहिले गाउँपालिकाको वडा नं. १, २ र ६ मा देखिएको प्रवक्ता गोलेले बताउनुभयो । स्थानियको भनाइ अनुसार अहिले सलह किरा भुईमा नबसेको र बसेकाहरुले मकै खान सुरु गरेको प्रवक्ता गोलेले जानकारी दिए । सलह किरा बेथानचोक गाउँपालिकाको सीमामा पुगेको भन्दै प्रवक्ता गोलेले बेथानचोक गाउँपालिकाको वडा नम्बर १ च्याम्राङवेसीमा सलह देखिएको पनि बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्