मेयर कप फुटबलमा वडा नम्बर १०, १३, १४ र १५ अन्तिम चारमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

मेयर कप फुटबलमा वडा नम्बर १०, १३, १४ र १५ अन्तिम चारमा

    मा प्रकाशित

घोराही, ३ माघ ।

घोराहीमा जारी पाँचौँ संस्करणको मेयरकप फुटबलको सेमिफाईनल पुग्ने ४ वटा टीमको टुंगो लागेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा सेमिफाईनल प्रवेशका लागि भएको तीन वटा खेलमा वडा नम्बर १३, १४ र १५ ले जीत हासिल गरेका छन् भने यसअघि पुस ३० गते भएको खेलमा वडा नम्बर १० अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिता अन्तरगत मंगलबार बिहान भएको क्वाटर फाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १२ लाई ६–० फराकिलो गोल अन्तरले हराउँदै सेमिफाईनल प्रवेश गरेको छ । वडा नम्बर १३ का लागि प्रमोद बुढाले खेल शुरु भएको ३ मिनेटमै गोल गर्दै टीमलाई अग्रता दिलाउनुभएको थियो । उहाँले ह्याट्रिक गोल गर्दा कमल बिक, रेवन बुढा र निर्जन पुनले एक–एक गोल गर्नुभयो । यसैगरी, दिउँसो भएको क्वाटर फाईनलको अन्तिम खेलमा वडा नम्बर १५ ले वडा नम्बर ६ लाई ३–१ गोल अन्तरले हराउँदै सेमिफाईनल प्रवेश गरेको छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर ६ का गोल किपरले गरेको सानो गल्तीको फाईदा उठाउँदै वडा नम्बर १५ का कप्तान सन्दिप वलीले खेलको सात मिनेटमै गोल गर्दै टीमलाई अग्रता दिलाएपनि वडा नम्बर ६ ले खेल आफ्नो पकडमा राखेको थियो । वडा नम्बर ६ का डिफेन्डरले डी एरियामा ह्याण्ड गरेपछि वडा नम्बर १५ ले अर्को मौका पायो । जसलाई सुशील बानियाले पेनाल्टीमार्फत गोल गर्दै २–० को अग्रता बनाउनुभयो ।

तर खेलको दोश्रो हाफमा वडा नम्बर ६ का विराज परियारले डी बक्समा हेडमार्फत पाएको पासलाई नियन्त्रणमा लिँदै आकर्षक गोल गरेपछि वडा नम्बर ६ ले खेल फर्काउने कोशिस गरेपनि दोश्रो हाफको अन्तिम समयमा वडा नम्बर १५ का सुशील बानियाले थप एक गोल गरेपछि वडा नम्बर १५ ले वडा नम्बर ६ लाई ३–१ गोल अन्तरले हराउन सफल भयो । वडा नम्बर १५ का सुशील बानियाले हालसम्म ९ गोल गरिसक्नुभएको छ ।

यस्तै, पुस ३० गते भएको क्वाटर फाईनलको दोश्रो खेलमा वडा नम्बर १४ र १८ बीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरबाट खेलको टुंगो लगाउन खोजेपनि उक्त दिन सम्भव नभएपछि मंगलबार सोही निर्णय कार्यान्वयन गरिएको छ । जस अनुसार वडा नम्बर१४ ले वडा नम्बर १८ लाई टाईब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै सेमिफाईनमा प्रवेश गरेको छ ।

सेमिफाईनल प्रवेशका लागि भएको टाईब्रेकरमावडा नम्बर १४ का गोल किपर थमन चौधरीले उत्कृष्ट ३ बचाउ गरेपछि वडा नम्बर १८ को अगाडीको यात्रा टुंगिएको हो । वडा नम्बर १४ का लागि सागर चौधरी, विरेन्द्र बिक र बिबेक बुढाले १–१ गोल गर्नुभयो । यस्तै, वडा नम्बर १८ का लागि गोल किपर १८ किपर सागर थारु र समित पुनले गोल गर्नुभएको थियो ।

वडा नम्बर १८ साविक विजेता हो । अब यो पटक अन्तिम चारमा प्रवेश गरेका टीमबीच बुधबार हुने सेमिफाईनल खेलबाट अन्तिम दुईमा पुग्ने टीमको टुंगो लाग्नेछ । भाेलि फाईनल प्रवेशका लागि बिहान पहिलो सेमिफाईनलमा वडा नम्बर १० र १४ बीच खेल हुनेछ भने दिउँसो दोश्रो सेमिफाईनलमा वडा नम्बर १३ र १५ बीच खेल हुनेछ । दुई टीमका विजेताल बिहीबार फाईनलमा मेयर कपको उपाधिका लागि भिड्नेछन् । यो पटकको मेयर कप पुस २० गतेबाट जारी रहेको छ । लिग चरणमा खेलाईएको खेलमा पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्