बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने

    मा प्रकाशित

काठमाडौँ, १० माघ ।
बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने निर्णय गरेको छ । हाल १४ वटा मन्त्रालयको सङ्ख्या घटाएर ११ वटा बनाउने निर्णय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । उनले अब छिट्टै मन्त्रीपरिषद् विस्तार हुने र आफ्नो मन्त्रीपरिषद्मा राज्यमन्त्री नराखिने बताए ।

मन्त्रालय घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै उनले यस्तो बताए ।

मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर सङ्ख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्