ज्याेतिष्मती विद्यापीठ लमहीकाे १७ ओैँ वार्षिकोत्सब सम्पन्न – Kanika Khabar
Saturday, April 27Nepali News Portal

ज्याेतिष्मती विद्यापीठ लमहीकाे १७ ओैँ वार्षिकोत्सब सम्पन्न

    मा प्रकाशित

दाङ, १४ माघ ।
दाङकाे लमहीमा अवस्थित ज्याेतिष्मती विद्यापीठकाे १७ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएकाे छ ।

आज शनिबार एक कार्यक्रमकाे आयाेजना गरी विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष वसन्तराज अधिकारीकाे अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रमका विशिष्ट अतिथिहरू प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी, लमही नगरपालिका, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी , लमही नगरपालिकाका उप प्रमुख लक्ष्मी याेगी, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी, नगर शिक्षा प्रमुख रविन्द्र क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मान तथा पुरस्कार
ज्याेतिष्मती विद्यापीठ लमहीकाे १७ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवसकाे अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएकाे थियाे । ज्याेतिष्मतीआमा सम्मान पुरस्कारबाट कक्षा १० की छात्रा एलिसा पाैडेल र कक्षा ११ मा अध्ययनरत अमृता खनालका आमालाई सम्मान गरिएकाे थियाे । वार्षिक शैक्षिक गतिविधिमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण भुसालले वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य तथा प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा कानुन संकायका विद्यार्थीहरूले छाेडपत्र सम्बन्धि वहस सञ्चालन गरेका थिए ।

विद्यालयका प्रबन्ध निर्देशक सुधीरकुमार अधिकारीकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण विद्यालयका सह प्रधानाध्यापक बिनाेद भट्टराई र शिक्षिका लक्ष्मी पाैडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्