सूचना वर्गीकरण बारे आज प्रधानमन्त्री प्रचण्डले सरोकारवाला निकायसँग छलफल गर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

सूचना वर्गीकरण बारे आज प्रधानमन्त्री प्रचण्डले सरोकारवाला निकायसँग छलफल गर्ने

    मा प्रकाशित

काठमाडौँ, १६ माघ ।
सूचना वर्गीकरणका बारेमा प्रधानमन्त्री प्रचण्डले आज सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ ।

सूचना वर्गीकरण समितिले प्रधानमन्त्रीलाई जानकारी नदिई ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज लगाएको भन्ने विवरण सार्वजनिक भएपछि आज छलफल हुन लागेको हो ।

सार्वजनिक पदमा नियुक्त पदाधिकारीको सम्पत्ति विवरणदेखि राजस्व चुहावट, करछली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोेको अनुगमनसम्बन्धी सूचनासम्मलाई समितिले गोप्यअन्तर्गत वर्गीकरण गरेको छ ।

यसमा सरोकारवाला निकायले विरोध जनाएका छन् । समितिले गत पुस १२ मा ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज गर्ने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्