जरायो मारेको अभियोगमा दुई जना प्रदेश सांसदविरुद्ध मुद्धा दायर – Kanika Khabar
Friday, April 26Nepali News Portal

जरायो मारेको अभियोगमा दुई जना प्रदेश सांसदविरुद्ध मुद्धा दायर

    मा प्रकाशित

काठमाडौँ, २० माघ ।
निकुञ्जभित्र पसेर जरायो मारेको घटनामा दोसी ठहर गर्दै पर्सा रास्ट्रिय निकुञ्जले दुई जना प्रदेश सांसद सहित ४९ जना बिरुद्ध मुदा दर्ता गरेको छ।गत पुस ४ गते निकुञ्जको जङ्गलबाट मृत जरायो र बन्दोबस्तीका समानसहितपाँच जना पक्राउ परेका थिए । सोही घटनाबारे ४५ दिनको अनुसन्धान पछि निकुञ्जले प्रदेश सासंदहरू प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुदा दर्ता गरेको हो ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुदा दर्ता भएको पर्सा रास्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिनुभयो । मङ्सिर चार गते भएको निर्वाचनबाट प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट र श्याम बहादुर काठमाडौं क्षेत्र नम्बर ५ को २ बाट निर्वाचित हुनुभएको थियो ।

निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रुपमा काम गरेको ठहर गरेको भन्दै सुचना अधिकारी खड्काले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्