विद्यालय शिक्षाका साथै सभ्यता र संस्कृतिकाे संरक्षण गर्ने थलाे हुन् : उपाध्यक्ष रिमाल – Kanika Khabar
Friday, April 26Nepali News Portal

विद्यालय शिक्षाका साथै सभ्यता र संस्कृतिकाे संरक्षण गर्ने थलाे हुन् : उपाध्यक्ष रिमाल

    मा प्रकाशित

दाङ, २४ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका रिमाल थापाले विद्यालय शिक्षाका साथसाथै सभ्यता र संस्कृतिकाे संरक्षण थलाे भएकाे बताएकी छिन् ।

दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलकाे २५ ओैँ वार्षिकोत्सव तथा रजत जयन्तीकाे अवसरमा बाेल्दै उपाध्यक्ष थापाले विद्यालयले शिक्षासँगै संस्कारलाई पनि अगाडि बढाउन जरूरी रहेकाे बताएकी हुन् ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष थापाले विद्यार्थीले प्रदर्शन गरेका सांस्कृतिक कार्यक्रमकाे मुक्तकण्ठले प्रशंसा गर्दै निजी विद्यालयले संस्कृति संरक्षण र सम्बर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेकाे बताइन् । ` निजी विद्यालय शैक्षिक गुणस्तरमा मात्र हाेइन अतिरिक्त क्रियाकलापका समेत पर्याय हुन् ।´ उनले भनिन्, `संस्थागत विद्यालयले देशकाे शैक्षिक गुणस्तरलाई उचाइ दिन उत्कृष्ट भूमिका खेलेका छन् । यसका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट बालबालिकामा रहेका कला, प्रतिभालाई समेत प्रस्फुटन गराएका राज्यका हरेक क्षेत्रमा याेगदान पुर्‍याएका छन् ।´

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विज्ञान तथा शैक्षिक सामग्रीकाे प्रदर्शनी पनि गरिएकाे थियाे ।

सम्मान तथा पुरस्कार
रजत जयन्तीकाे अवसरमा आयाेजित समारोहमा एक दशक बढी समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूमा विद्यालयका इन्चार्ज तथा शिक्षक नवराज खत्री, शिक्षक नारायणप्रसाद घिमिरे, एकराज यादव , शिक्षिका लिला पाण्ड्ये, लेखापाल विश्वमाया श्रेष्ठ, कार्यालय सहयाेगीहरू रीता थापा, माेती थापालाई सम्मान गरिएकाे थियाे ।

त्यस्तै कार्यक्रममा विद्यालयका सेयर सदस्यहरूलाई अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिएकाे थियाे । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष किरण रावतलाई सम्मान गरिएकाे थियाे ।

विकास नगर टाेल विकास संस्थालाई पनि सम्मान गरिएकाे थियाे ।

साथै कार्यक्रममा कक्षा १० सम्मकाे अध्ययन पूरा गरिसकेका विद्यार्थीका अभिभावकलाई पनि कदर पत्रबाट सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा विशिष्टहरू अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरी, घाेराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष तारा डाँगी,अतिथि प्याब्सन लुम्बिनी प्रदेशका काेषाध्यक्ष अमर सुवेदी,प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, प्याब्सन घाेराही नगरका अध्यक्ष बीरेन्द्र चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष माैसम आचार्य, विकास नगर टाेल विकास संस्थाका बेचन वली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मबहादुर केसीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रिन्सिपल चक्रबहादुर रावतले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक समितिका संयाेजक विष्णुप्रसाद अधिकारी र विद्यार्थी स्वस्तिका केसीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण विद्यालयका इन्चार्ज नवराज खत्रीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्