सरकारी विदामा पुर्नविचार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ – Kanika Khabar
Friday, April 26Nepali News Portal

सरकारी विदामा पुर्नविचार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ

    मा प्रकाशित

काठमाडौँ, २४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले बिदामा पुनर्विचार आवश्यक भएको बताउनुभयो । हाम्रा सरकारी बिदाहरू धेरै भए, यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको पनि बताउनुभयो । सबै कार्यक्रमको प्रकृती एकै किसिमको भएको र त्यसलाइ परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाइ रहेको थियो ।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय पनि गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्