ज्योतिपुञ्जका अभिभावकलाई मोटिभेसनल कार्यक्रम – Kanika Khabar
Friday, April 26Nepali News Portal

ज्योतिपुञ्जका अभिभावकलाई मोटिभेसनल कार्यक्रम

    मा प्रकाशित

दाङ, फागुन २७ ।

दाङमा रहेको ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरका अभिभावकका लागि मोटिभेसनल कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा उमेरअनुसार भविष्यको वारेमा चिन्तन गर्न सक्ने, आध्यात्मिक मनन गर्न सक्ने, विषयवस्तुहरुलाई गम्भिर रुपमा लिन,जिम्मेवारीको भूमिका निर्वाह गर्न ,पढाई लेखाइप्रति चासो राख्न सक्ने, पठन सिपको विकास गर्न,मोबाइलमा कम ध्यान केन्द्रित गर्न, रचनात्मक कार्यहरुमा अभिरुची पैदा गर्न, घरपरिवार र समाजप्रतिको दायित्व बुझ्न, एउटै कामलाई पटक पटक भन्न नपर्ने गराउन, सानो प्रयासमै सुधार गर्न सक्ने बनाउन,खराव सँगतमा नलाग्न अभिपे्ररीत गर्न, लागुऔषध तथा दुव्र्यसनतर्फ ध्यानाकर्षित नगर्नका लागि विद्यालय परिवार र अभिभावक बेलैमा सजग हुनका लागि अभिभावक,विद्यालय,शिक्षक र विद्यार्थीको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा आज कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जनाउनुभएको छ ।
घोराहीमा रहेको बहुउद्धेश्यीय सभाहलमा भएको कार्यक्रममा देशका विभिन्न स्थानहरुमा आफ्नो प्रस्तुती दिनुभएका मोटिभेटर के.पि. भुसालले असल अभिभावकहरुले वहन गर्नुपर्ने जिम्मेवारी र आफ्ना छोराछोरीहरुसँग राख्नुपर्ने सम्बन्धका विषयमा आफ्नो प्रस्तुती दिनुरभएको थियो ।
ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङका अध्यक्ष हेमराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले संस्थाले विगत ५ वर्षमा गरेको प्रगति र आगामि वर्षमा गर्ने योजनाको वारेमा प्रकाश पार्नुभएको थियो । ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुर दाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालय घोराही दाङका सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा दुवै विद्यालयका एक हजार दुइ सय बढी अभिभावकको सहभागीता रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभएको छ ।
विगत पाँच वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र तिन वर्ष अघिदेखि संचालनमा आएको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुर दाङले पठन पाठनमा मल्टिमिडियाको प्रयोग,बस्तुगत मोडेलमा मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यव्रmम संचालन,मासिक अभिभावक अनलाइन शिक्षा र अन्तरकृया संचालन,पिएचआर कार्यव्रmमको संचालन,सबै कक्षाहरुको पठन पानठनलाई सि.सि. टिभिबाट अनलाइन निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा सिमित संख्या मात्र कक्षाकोठामा राखिने,आकर्षक छात्रवृत्तिका कार्यव्रmमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यव्रmमहरु संचालन गर्दै आइरहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्