चैत्र ११ गते पल शाह दाङ आउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

चैत्र ११ गते पल शाह दाङ आउने

    मा प्रकाशित

घोराही, १ चैत ।
दाङको घोराहीमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले यही चैत्र ९ देखि ११ गतेसम्म घोराही -१४ झिगौंरामा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम आयोजकले आज बुधबार घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सांस्कृतिक कार्यक्रममा नायक पल शाहसहित गायक प्रमोद खरेल, गायक पशुपति शर्मा लगायत कलाकार आउने भएका छन् । साथै कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुति रहने समेत आयोजकले जानकारी दिएको छ ।
नायक पल शाह भने चैत्र ११ गते शनिवार आउने कार्यक्रम रहेको मुल आयोजक समितिको संयोजक केशब नेपालीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्