लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

    मा प्रकाशित

दाङ, चैत ६ ।
लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

आज सोमबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पु¥याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

आईसीसी लिग २ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, रुपन्देहीका कुशल मल्ल, रुपन्देहीका मौसम ढकाल, गुल्मीका सोमपाल कामी, र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच जना खेलाडीहरुलाई पनि जनही पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, रुपन्देहीका दुर्गेश गुप्ता, कपिलबस्तुका आकाश त्रिपाठी, बर्दियाका विशाल विक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्