मौसम डायरी : देशभर सामान्य बदली, मौसममा सुधार – Kanika Khabar
Friday, April 26Nepali News Portal

मौसम डायरी : देशभर सामान्य बदली, मौसममा सुधार

    मा प्रकाशित

दाङ, ९ चैत्र ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रहने जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक रहल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा तथा तराई भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्