कर्तव्य ज्यान मुद्दामा फरार माेहम्मद पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

कर्तव्य ज्यान मुद्दामा फरार माेहम्मद पक्राउ

    मा प्रकाशित

दाङ, १० चैत्र ।

कर्तव्य ज्यान मुद्दामा फरार व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय मोहम्मद अमर मुसलमान रहेका छन् ।

 

माेहम्मद कपिलवस्तु जिल्ला अदालतबाट २०६६ साल वैशाख ८ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय फैसला भई फरार रहेका थिए ।

खोजतलास गर्दै जाँदा माेहम्मदलाई दाङ प्रहरीले अस्ति ( बुधबार ) भालुवाङमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्