राप्ती साहित्य परिषद् दाङ शाखाले गर्‍याे पुरस्कृत एवम् सम्मानित हुने स्रष्टा छनौट – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्ती साहित्य परिषद् दाङ शाखाले गर्‍याे पुरस्कृत एवम् सम्मानित हुने स्रष्टा छनौट

    मा प्रकाशित

दाङ, १३ चैत्र ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष
प्रदान गर्ने पुरस्कारका लागि गठित पुरस्कार छनाैट समितिका संयाेजक कमलमणि देबकाेटाकाे अध्यक्षतामा चैत्र ११ गते घाेराहीमा सम्पन्न बैठकबाट पुरस्कृत स्रटाहरुको छनाैट गरेकाे छ ।

वर्ष २०७९ का लागि पुरस्कृत हुने स्रष्टाहरुमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट सुशील गाैतम (हापुर ) र  देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार पुरस्कारबाट छविकिरण वलीलाई प्रदान गर्ने निर्णय गरिएकाे छ । पुरस्कार छनाैट समितिका सदस्यहरूमा सङ्गीतकार सन्तोष श्रेष्ठ र शाखा सचिव प्रकाश के सी रहेका थिए ।
त्यसैगरी राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे सम्पन्न बैठकबाट यसवर्ष सम्मान गर्ने सष्टाहरूमा वरिष्ठ साहित्यकार गणेश विषम, दाङ शाखाका पूर्व अध्यक्ष डा लाेकराज पराजुली, सल्लाहकार नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू)लाई सम्मान गर्न निर्यण गरेकाे छ ।
यही चैत्र २५ गते शनिबार घाेराहीमा सम्पन्न गरिने स्रष्टा सम्मान तथा काव्य उत्सव -२०७९ ( सम्मान तथा पुरस्कार समर्पण, पन्ध्रौं वार्षिक साधारणसभा, काव्य वाचन ) मा उपस्थितिका लागि साहित्यकार, सम्मानित एवम् पुरस्कृत व्यक्तित्व, अक्षयकाेष संस्थापक, आजीवन सदस्य, पत्रकार तथा साहित्यानुरागी सबैमा परिषद् जिल्ला शाखा दाङले हार्दिक अनुराेध गरेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्