शिक्षासँग कनिका : प्रिन्सिपललाई पाँच प्रश्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

शिक्षासँग कनिका : प्रिन्सिपललाई पाँच प्रश्न

    मा प्रकाशित

नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्रको पनि सुरुवात भएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयले नयाँ योजना पनि अगाडि बढाउने गर्दछन् । कनिका खबर अनलाइनले शिक्षासँग आफूलाई जोड्दै नयाँ शैक्षिक सत्रसँग केन्द्रित रहेर प्रिन्सिपललाई पाँच प्रश्न राख्ने गरेको छ । प्रस्तुत छ ‘शिक्षासँग कनिका : प्रिन्सिपललाई पाँच प्रश्न’ मा मदन भण्डारी मेमोरियल स्कुलका प्रिन्सिपल बिमल भण्डारीसँग गरिएको कुराकानीको सार सङ्क्षेप । (सम्पादक)

नयाँ शैक्षिक सत्र सुरु गर्दै गर्दा विद्यालयका योजना केके रहेका छन् ?

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै नयाँ योजना र भावी रणनीति रहन्छ नै । विगतका योजनालाई अझ फराकिलो बनाउँदै युगसँग शिक्षाको अभियानमा छौँ हामी । व्याख्यात्मकभन्दा पनि बुँदागत रुपमा भन्दा अबको नयाँ योजनाहरु तपसील रहेका छन् :
क. विद्यालयले प्रदान गर्दै आइराखेको गुणस्तरीय शिक्षालाई कायम गर्दै लैजाने,
ख. शिक्षक तालिमलाई प्राथमिकता दिने,
ग. अभिभावकसँगको सामीप्यतालाई अझ प्रगाढ बनाउने,
घ. विद्यार्थीका सर्वाङ्गिन विकासका लागि पठनपाठनका साथै अन्य अतिरिक्त क्रियाकलापलाई जाड्ने ।

शिक्षण सिकाइ बिस्तारै डिजिटललाइजेसन हुँदै गर्दा विद्यालयलाई प्रविधिमैत्री बनाउन केके गर्नुभएको छ ?

अहिले शिक्षा युग सुहाउँदो हुनुपर्छ भन्ने मान्यतामा हामी पनि छौँ । अबको उत्पादन विश्व बजारसँग प्रतिस्पर्धा गर्ने हुनुपर्छ । यसका लागि प्रविधिमैत्रीको विकल्प छैन नै । हामीले इन्टरनेटसहितको कम्प्युटर ल्याब, प्रोजेक्टरको प्रयोग गरी पठनपाठन, प्रविधिसँगै सिकाइका गतिविधि, रिसर्ज बेसमा गइरहँदा प्रविधिको प्रयोग, सूचना प्रबाह गर्दा सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छौँ ।

अभिभावकले कस्तो भूमिका निर्वाह गर्नुपर्दछ ?

अभिभावक नै विद्यालयका मेरुदण्ड हुनुहुन्छ । विद्यालयमा सुधार ल्याउन, शैक्षिक गुणस्तरमा वृद्धि गर्न अभिभावकको भूमिका अपरिहार्य नै हुन्छ । अभिभावकले नियमित रुपमा बिधालयमा सम्पर्क गर्ने, शिक्षकहरुसँग सुमधुर सम्बन्ध राख्ने, घरमा केही समय आफना बच्चाबच्चीहरुका लागि छुट्याउने गर्नु पर्दछ ।

शिक्षक हुनु र प्रिन्सिपल हुनुमा के फरक छ ?

जिम्मेवारी बोधमा शिक्षकभन्दा प्रिन्सिपललाई बढी भार हुन्छ । शिक्षक विद्यालयभित्रको वातावरणमा रहन्छ भने प्रिन्सिपल शिक्षक पठनपाठनमा केन्द्रित हुन्छ । साथै प्रिन्सिपल हरेक क्षेत्रमा समन्वयकारी भूमिकामा अग्रणी भूमिकामा रहन्छ ।

बालबालिकाका लागि अभिभावकले विद्यालय रोज्दा केके कुरामा ध्यान दिनुपर्छ ?

बालबालिका लागि विद्यालय रोज्दा अभिभावकले विद्यालयले आधारभूत मापदण्ड पूरा गरे नगरेको, विद्यालयको वातावरण, शुल्कको अबस्था, शिक्षणको साथै अन्य क्रियाकलापमा सहभागिता, घरदेखि विद्यालयसम्मको दुरी योग्य शिक्षकको ब्यबस्थापन भए नभएको कुरामा विशेष ध्यान दिनुपर्दछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्