बन्दाबन्दी उल्लंघन गर्ने न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा – Kanika Khabar
Friday, April 26Nepali News Portal

बन्दाबन्दी उल्लंघन गर्ने न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

    मा प्रकाशित

कनिका डेस्क
असार १८, दाङ
न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिनुभएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारको कदम र स्वास्थ्यमन्त्री आफैले बन्दाबन्दी उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएपछि क्लार्कले आज पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गर्नुभएको हो । गत अप्रिलमा बन्दाबन्दी उल्लंघन गर्दै परिवारसहित समुद्री किनारमा घुम्न गएपछि स्वास्थ्यमन्त्री क्लार्कको कडा आलोचना भएको थियो । न्युजिल्यान्डमा बन्दाबन्दी लागू भएपछिको पहिलो सप्ताहमा गाडी चलाएर उहाँ करिब २० किलोमिटर पर रहेको समुद्री किनारमा घुम्न निस्किनुभएको थियो ।

क्लार्कले आफू स्वास्थ्यमन्त्रीको पदमा बसिरहँदा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमप्रति नकारात्मक टिप्पणी बढ्ने भन्दै राजीनामा दिएको बताउनुभयो । प्रधानमन्त्री जसिन्डा आर्डनले क्लार्कको राजीनामा स्वीकृत गरिसकेको बीबीसीले लेखेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा न्युजिल्यान्डले चालेका कदमको विश्वभरबाट प्रशंसा भइरहे पनि मुलुकभित्रै भने स्वास्थ्यमन्त्री क्लार्कको व्यापक आलोचना भइरहेको थियो । उहाँले पहिले नै राजीनामा दिने बताए पनि त्यतिबेला संक्रमण नियन्त्रणमा आइनसकेकाले प्रधानमन्त्री आर्डनले स्वीकृत गर्नुभएको थिएन । प्रधानमन्त्री आर्डनले स्वास्थ्यमन्त्री क्लार्कको राजीनामाका विषयमा प्रतिक्रिया दिँदै मुलुकको स्वास्थ्य नेतृत्वले नागरिकको मतलाई सम्मान गरेको बताउनुभयो ।

आउँदो सेप्टेम्बरमा चुनाव नभएसम्मका लागि स्वास्थ्यमन्त्रीको जिम्मेवारी शिक्षामन्त्री क्रिस हिप्किन्सले सम्हाल्नुहुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्