किस्ता किस्तामा मन्त्रीपरिषद् विस्तार : आज आठौं पटक विस्तार हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

किस्ता किस्तामा मन्त्रीपरिषद् विस्तार : आज आठौं पटक विस्तार हुँदै

    मा प्रकाशित

काठमाडौँ, ३ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको सरकार आज आइतबार आठौँ पटक विस्तार हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले आज आठौँ पटक मन्त्रीपरिषद् विस्तार गर्न थालेका हुन् । कहिले सत्ता गठबन्धन दलका बिच मन्त्रालय बाँडफाँडमा सहमति कायम नहुँदा त कहिले दलहरुले भागबण्डामा पाएका मन्त्रालयमा मन्त्री छनौट गर्दा आन्तरिक सहमति नजुट्दा किस्ता किस्तामा मन्त्रीपरिषद् विस्तार भएको छ ।

नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रीपरिषद् विस्तार हुन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् ।

आइतबार ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ । सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्