तीन प्रमुख राजनीतिक दलको छलफल : प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाइने – Kanika Khabar
Friday, April 26Nepali News Portal

तीन प्रमुख राजनीतिक दलको छलफल : प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाइने

    मा प्रकाशित

काठमाडौँ, ४ वैशाख ।
नेपालमा राजनीतिक तरलता बाक्लिदै गएको बेला आज सोमबार प्रमुख तीन राजनीतिक दलका प्रमुख नेताहरुबिच छलफल भएको छ । आजको छलफलबाट प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो ।

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी उक्त बैठकमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको लेखकले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्