सन्दिपले रचे दुर्लभ कीर्तिमानी – Kanika Khabar
Friday, April 26Nepali News Portal

सन्दिपले रचे दुर्लभ कीर्तिमानी

    मा प्रकाशित

काठमाडौं,८ वैशाख । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । याे दुर्लभ कीर्तिमानी उनले ५२ खेलमा बनाएका हुन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।

सन्दीपले ओमानका अदिल शफिकलाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारेका हुन । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्