रवि लामिछाने भारी मतान्तरले विजयी – Kanika Khabar
Friday, April 26Nepali News Portal

रवि लामिछाने भारी मतान्तरले विजयी

    मा प्रकाशित

दाङ, ११ वैशाख ।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । उनले ५४ हजार १७६ मत प्राप्त गरेका छन् ।

यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । चितवन-२ मा कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्