प्रतिष्ठानले स्वाब परीक्षण गर्न मानेन, पालिकाले जिल्ला बाहिर पठाए – Kanika Khabar
Saturday, April 27Nepali News Portal

प्रतिष्ठानले स्वाब परीक्षण गर्न मानेन, पालिकाले जिल्ला बाहिर पठाए

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
दाङ जिल्लामा सङ्कलित स्वाब जिल्ला बाहिर बठाउन थालिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहको स्वाब परीक्षणका लागि शुल्क मागेपछि जिल्लाका तिन पालिकाहरुले स्वाब नेपालगञ्ज पठाएका हुन् ।

संघीय र प्रदेश सरकारको सहयोगमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा स्वाब परीक्षण हुँदै आएको थियो । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै निशुल्क स्वाब परिक्षण गर्न नसकिने बताएको थियो । प्रतिष्ठानको यस्तो निर्णयपछि दाङका १० वटै पालिकाहरुले विकल्प खोजेका हुन् ।

पालिकाहरुले नेपालगञ्ज, भैरहवा र काठमाडौमा स्वाब पठाउने तयारी गरेका छन् । प्रतिष्ठानले निशुल्क परीक्षण गर्न नमानेका तुलसीपुर उपमहानगरपालिकाका १ सय ७९, बबई गाउँपालिकाका ५३ र शान्तिनगर गाउँपालिकाका ३६ जनाको स्वाब नेपालगञ्ज पठाइएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्