योगीले घटाए व्यावसायिक भाडादर – Kanika Khabar
Friday, April 26Nepali News Portal

योगीले घटाए व्यावसायिक भाडादर

    मा प्रकाशित

दाङ, १२ जेठ ।
दाङको नारायणपुरमा रहेको बुद्ध मार्केटका घरधनीले भाडादर घटाएका छन् । मार्केटका घरधनी अशोक योगी र कृपा डिसी योगीले व्यवसायीबाट लिदै आएको भाडामा १० प्रतिशतले कम गरेका हुन् ।

नारायणपुर उद्योग वाणिज्य संघको यही जेठ ६ गते बसेको बैठकले आर्थिक मन्दीका कारण व्यावसायीहरु पलायन हुने अवस्था देखिएको भन्दै भरधनीलाई व्यावसाियक भाडा दर घटाउन अनुरोध गरेको थियो । संघको अनुरोधपश्चात योगी दम्पतीले भाडा दर घटाएका हुन् । बुद्ध मार्केटमा ८१ वटा व्यावसायिक सटर सञ्चालित रहेका छन् ।

योगी दम्पतीको निर्णयप्रति संघले हार्दिक आभार तथा धन्यावाद प्रकट गरेको छ । ‘आर्थिक मन्दीका कारण व्यावसायीहरु पलायन हुने अवस्था आएको छ । कतिपय व्यावसायिक सटर बन्द भइसकेका छन् । व्यापारीलाई बहाल तिर्न नै हम्मेहम्मे परेको छ । यो आर्थिक संकटको बेला सबैभन्दा पहिला व्यापारीहरुलाई कसरी टिकाउने त्यो महत्वपूर्ण कुरा हो । कम्तीमा भाडादरमा केही छुट गराएर भए पनि व्यापारीहरुलाई व्यापारसँग निरन्तर जोड्न सकियो भने कुनै न कुनै दिन सहज अवस्था आउँछ नै । आर्थिक असहज अवस्था रहँदासम्म भाडामा केही छुट गरिदिने संघले गरेको अनुरोधलाई स्वीकार्दै बुद्ध मार्केटका सञ्चालक तथा घरधनी अशोक योगी र कृपा डिसी योगीले देखाएको उदारताप्रति संघ हार्दिक आभार प्रकट गर्दै उहाँहरुलाई धन्यावाद दिन चाहन्छ । साथै अन्य घरधनीहरुले पनि भाडादर घटाइदिनुहुनेछ भन्ने आशा राखेका छौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्