शक्तिकाे दम्भ – Kanika Khabar
Thursday, August 27Nepali News Portal

शक्तिकाे दम्भ

    मा प्रकाशित

फुल्नै नपाई निमोठिन्छ्न कोपिला यहाँ !
घरमा नै सुरक्षा छैन जानू कहाँ !

भन्छन् कानुन त कडा बनेको हो !!
सही कार्यान्वयन हुने चाहिँ कहिले हो !!

गर्छन् कुकार्य यहाँ पहुँचको दम्भमा !!!
बाध्य छ्न पीडित पल पल मरेर जिउनमा !!!

राख्छ्न पीडित झिनो आश न्याय पाइन्छ कि भनेर !!!!
उम्किन्छ अपराधी घुसियालाई मोटो रकम भरेर !!!!

कु लुकाउन लिन्छन् पनि ज्यान यहाँ !!!!!
दोष लगाई देहत्याग गर्न बाध्य पार्छन् यहाँ !!!!!

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्