पर्ल एकेडेमीकाे स्कुल क्याप्टेनमा गिरी विजयी – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पर्ल एकेडेमीकाे स्कुल क्याप्टेनमा गिरी विजयी

    मा प्रकाशित

दाङ, १२ जेठ ।

दाङकाे घाेराहीस्थित पर्ल एकेडेमीको स्कुल क्याप्टेनमा कक्षा १० का छात्र इश्वर गिरी विजयी भएका छन् ।

स्कुल क्याप्टेन चयनका लागि आज विद्यालयमा भएकाे निर्वाचनमा गिरी निर्वाचित भएका हुन् ।

गिरीले ९५ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कक्षा ९ की छात्रा रेजिना गिरीले ७९ भाेट प्राप्त गरेकी थिइन् ।

त्यस्तै भाइस क्याप्टेनमा कक्षा ९ की छात्रा एलिजा देवकाेटा विजयी भएकी छिन् । देवकाेटाले ९५ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी सुभम केसीले ५१ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा कक्षा ४ देखि १० सम्मका २९६ विद्यार्थी सहभागी रहेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्