मेचीकाली पिस क्लबकाे अध्यक्षमा केसी – Kanika Khabar
Friday, April 26Nepali News Portal

मेचीकाली पिस क्लबकाे अध्यक्षमा केसी

    मा प्रकाशित

दाङ, १२ जेठ ।

दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलकाे पिस क्लबमा स्वस्तिका केसी चयन भएकी छिन् ।

आज शुक्रबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूकाे भेलाले केसीलाई अध्यक्षमा चयन गरेकाे हाे ।
त्यस्तै क्लबकाेबरिस्ठ उपाध्यक्षमा बीरेन्द्र सुनार, उपाध्यक्षमा हेम प्रकाश केसी र शेषमणि बिक, महासचिवमा लक्ष्मी पाण्डेय, सचिवमा प्रतीक्षा पुन, सहसचिवमा अपेक्षा अधिकारी, काेषाध्यक्षा कल्पना रेग्मी खत्री, सह काेषाध्यक्षमा अभिषेक बुढा चयन भएका छन् ।

क्लबकाे पदेन सदस्यमा स्कुल क्याप्टेन विजय वली रहेका छन् ।

आजकाे भेलाले ३१ सदस्यीय क्लब गठन गरेकाे हाे ।
नव गठित क्लबका कार्यसमितिलाई विद्यालयका अध्यक्ष धर्मबहादुर केसीले बधाई तथा शुभकामना दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्