आफ्नै घरमा आगो लगाएको आरोपमा एक युवक पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

आफ्नै घरमा आगो लगाएको आरोपमा एक युवक पक्राउ

    मा प्रकाशित

धनगढी, २२ जेठ ।
धनगढीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्ट रहेका छन् । मादक पदार्थ सेवन गरेर नशामा लिप्त भएका विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै रु ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्