वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान आवश्यक : मन्त्री शर्मा – Kanika Khabar
Friday, April 26Nepali News Portal

वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान आवश्यक : मन्त्री शर्मा

    मा प्रकाशित

काठमाडौं, २२ जेठ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान सञ्चालनमा जोड दिनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

‘विश्वब्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती कम वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्वपूर्ण पक्ष हो, यसका लागि आम सञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ’– शुभकामना सन्देशमा भनिएको छ– ‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानको रुपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आव्हान गर्दछु ।’

यो वर्ष विश्वब्यापी र नेपालमा पनि प्लाष्टिकजन्य प्रदूषण निमूलको सन्देशसहित वातावरण दिवस मनाइदै गरेको उल्लेख गर्दै उहाँले प्राष्टिकजन्य वस्तुको प्रयोग नेपालसहित विश्वब्यापीरुपमा ठूलो समस्याको रुपमा देखिदै आएको बताउनुभएको छ । ‘प्लाष्टिकजन्य प्रदूषण कम गर्नको लागि यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायतका विभिन्न विधिहरु प्रयोग हुँदै आएका छन्’– सन्देशमा भनिएको छ– ‘मुख्य कुरा आम नागरिकले प्लाष्टिकजन्य वस्तु प्रयोगको लत कम गनुपर्ने आवश्यकता छ । यसका लागि प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी ब्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ ।’

नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रुपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ । वातावरण संरक्षणका लागि सरकारले विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिंदै आएको स्मरण गराउँदै सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदायस्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्