रहेनन् पूर्वराज्यमन्त्री महेश चौधरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

रहेनन् पूर्वराज्यमन्त्री महेश चौधरी

    मा प्रकाशित

दाङ,२४ जेष्ठ ।

नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ। बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचारकोक्रममा उनको निधन भएको हो। केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उनको हर्नियाको अपरेशन गरिएको थियो। उपचारपछि दाङ फर्किएका उनको केहीदिन यता खुट्टा चल्न छाडेको थियो।

गएराति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। उनलाई आईसियुमा राखिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई आज मृत घोषणा गरेको उनका छोरा सुशील चौधरीले जानकारी दिए। उनी स्थानीय विकास राज्यमन्त्री र संविधान सभा सदस्य समेत भएका थिए। साथै उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। ६ वर्ष राष्ट्रिय सभा सदस्य भएपछि २०५४ सालमा उनी स्थानीय विकास राज्य मन्त्री भएका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्