जब विद्यार्थीले सवारी कागजात चेकजाँच गर्न थाले ………………. – Kanika Khabar
Friday, April 26Nepali News Portal

जब विद्यार्थीले सवारी कागजात चेकजाँच गर्न थाले ……………….

    मा प्रकाशित

दाङ,२५ जेठ ।

साँघुरासँगसँगै निर्माणका क्रममा अस्तव्यस्त बनेका सडक । ट्राफिक संकेतहरु विरै देखिने सडकमा बढ्दो सवारीसाधनको तीव्र गतीले बढाएको दुर्घटनाको जोखिम उत्तिकै रहेको छ । त्यसैमा सडक मिचेर विभिन्न स्थानमा गरिने सडक व्यवसायले पनि दिनहु दुर्घटनाको जोखिम निम्त्याउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताउने गरेको छ ।

त्यही भएर जिल्लामा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पछिल्लो समय संक्रियता समेत बढाउदै लगेको छ । विभिन्न स्थानमा नागरिक,चालक र विद्यार्थीहरुलाई लक्षित गरेर ट्राफिक सचेतनामलक कार्यक्रम गर्नका साथै विद्यार्थीहरुलाई सडकमै लगेर प्रोगात्मक अभ्यास समेत गराउने गरेको छ ।

सोही अन्तर्गत बुधवार ट्राफिक प्रहरी र कोलम्बिया दाङ एजुकेशनको सहकार्यमा घोराहीको भानु चोकमा ट्राफिक प्रहरीसँगै विद्यार्थीहरु खटिएका थिए । उनीहरुले चोकमा आउने सवारीसाधनहरुलाई रोक्दै चालकहरुलाई अनिवार्य लाइसेन्स प्राप्त गरेपछि मात्रै गाडी चलाउनुपर्ने,लाइसेन्स,बुलवुकसँगै बोक्नुपर्ने,हेल्मेन्टको फित्ता लगाउनुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नपाइनेलगायतका बारेमा सिकाई रहेका थिए ।

उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्ललगायतका ट्राफिक प्रहरीहरुले सहयोग गरेका थिए । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि आम नागरिकसँगै बालबालिकालाई सिकाउने उद्देश्यले विद्यार्थीहरुसँगै सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमख प्रहरी निरीक्षक किरणप्रकाश मुल्ल बताउँछन् ।

‘साघुरा र निर्माणका क्रममा खाल्डाखुल्डी बनेका सडकसँगै बढ्दो सवारीको चापले दुर्घटनाको जोखिम बढाएको छ’,ट्राफिक प्रहरी प्रमुख मल्लले भने,‘त्यही जोखिमलाई कमी गर्नका लागि स्कुलमा प्रशिक्षणसँगै सडकमै विद्यार्थीहरु ल्याएर सिकाउने गरेका छौ ।’ त्यसक्रममा सवारीसाधन कसरी चलाउनेदेखि पैदलयात्री कसरी हिड्ने,कसरी सडक पार गर्नेलगायतका बारेमा चालकहरुसँगै विद्यार्थीलाई सिकाउने गरिएको उनले बताए ।

विद्यार्थीहरुसँगै चालकहरुलाई पनि सचेतनासँगै उनीहरुको आँखाको जाँच समेत ट्राफिक प्रहरीले गर्दै आएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रमहरुसँगै हामीले चालकको स्वास्थ्यजाँच पनि गर्ने गरेका छौ’,ट्राफिक प्रहरी प्रमुख मल्ले भने,‘जस्ले गर्दा स्वास्थ्यका दृष्टिले समेत चालकहरु गाडी चलाउनका लागि योग्य छन कि छैनन् भनेर समेत छुट्याउने काम भैरहेको छ ।’

जिल्लामा अधिकांस दुर्घटनाहरु तीव्र गतिका कारण हुने गरेको भन्दै मल्लले तीव्र गतिका कारण हुने सवारी दुर्घटना रोक्नका लागि ट्राफिक प्रहरीले ‘राडार गन’ प्रयोग गर्नका लागि पहल गरिरहेको बताए । ‘जिल्लामा हुने अधिकांस दुर्घटनाहरुको प्रमुख कारण भनेको तीव्रगति नै देखिएको छ’,उनले भने,‘यस्तो अवस्था दुर्घटना न्यूनीकरणका लागि राडार गनको प्रयोग नै उक्तम विकल्प हो ।’ उनले ट्राफिक संक्रियताका कारण गत बर्षको तुलनामा सडक दुर्घटनाहरु कम भएको समेत बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्